दफा १६७
यातना दिन नहुनेः

(१) प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान गर्ने, अभियोजन गर्ने, कानूनको कार्यान्वयन गर्ने वा कानून बमोजिमनियन्त्रण, हिरासत वा थुनामा राख्ने अधिकार प्राप्त अधिकारीले कसैलाई शारीरिक वा मानसिक यातना दिन वा दिनलगाउन वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्न वा गराउन हुँदैन।स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि पक्राउ परेको, नियन्त्रणमा रहेको, हिरासत, थुना,कैद वा नजरबन्द वा आफ्नो सुरक्षामा रहेको कुनै व्यक्ति वा त्यस्तो व्यक्तिको कारणले अन्य कुनै व्यक्तिलाईदेहायको उद्देश्यले जानीजानी शारीरिक वा मानसिक पीडा वा कष्ट पु¥याएमा वा निर्मम, अमानवीय वा अपमानजनकव्यवहार वा सजाय दिएमा त्यस्तो व्यक्ति उपर यातना दिएको वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहारगरेको मानिनेछः–
(क) कुनै विषयमा जानकारी हासिल गर्नेे,
(ख) कुनै कसूरमा साबित गराउने,
(ग) कुनै कार्यको लागि दण्ड दिने,
(घ) जोर जुलुम वा त्रास देखाउने, वा
(ङ) कानून विपरीतका अन्य कुनै कार्य गर्ने ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको गम्भीरता हेरी पाँच वर्षसम्म कैद वा पचास हजाररुपैयाँँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्न आदेश दिने व्यक्ति वा यस दफा बमोजिमको कसूर गर्न सहयोग गर्ने मतियारलाई मुख्यकसूरदार सरह सजाय हुनेछ ।
(४) उपदफा (१) बमोजिम कसूर गर्ने कुनै व्यक्तिले आफूभन्दा माथिका अधिकारीको आदेश पालना गरी त्यस्तो कसूर गरेकोभन्ने दावी लिन पाउने छैन र निजले त्यस्तो आधारमा त्यस्तो कसूर गरे बापत हुने सजायबाट उन्मुक्ति पाउने छैन ।